देश

पक्राउ परे डिल्लीराम खनाल

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने डिल्लीराम खनाल पक्राउ परेका छन् ।

सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रदर्शन गरेको भन्दै सेनाको उजुरीपछि ४६ वर्षीय खनाललाई पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए।

उनीविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कसुरमा ७ दिनको समय लिएर अनुसन्धान सुरु भएको ब्युरोले जनाएकाे छ ।

खनाल यसअघि पनि कलाकार करिष्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *