काठमाडौं । कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको आदेश लेखन कार्य चलिरहेको छ ।आदेश आउन केही समय लाग्ने आंकलन गरिएको छ । विश्राम कक्षभित्र रवि–निकिता शान्त मुद्रामा देखिए पनि बाहिर भने रास्वपाका शीर्ष नेताहरूको बाक्लो उपस्थिति छ ।
कार्यबाहक सभापति डीपी अर्याल, कार्यवाहक प्रवक्ता मनिष झा, सांसद विराजभक्त महर्जन, विनिता कठायतसहितका नेताहरू अदालत परिसरमा छन् । कतिपय नेता अदालत भित्र–बाहिर गरिरहेका छन् भने कतिपय बाहिर बसिरहेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीले निषेधित क्षेत्रको सुरक्षा कडा बनाएका छन् । बाहिर रास्वपा समर्थक र सहकारी पीडितहरूको चहलपहल देखिन्छ । उनीहरू आदेशको प्रतीक्षामा छन् ।अदालतले प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छोड्ने, वा साधारण तारेखमा रिहा गर्ने निर्णय गर्ने तयारी गरिरहेको छ ।