खेलकुद

एपिएफले पुलिसलाई सजिलै हरायो

काठमाडौँ । विभागीय टोली नेपाल एपिएफ क्लबले एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणको खेलमा नेपाल पुलिस क्लबलाई सजिलै हराएको छ ।

सातदोबाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा एपिएफले पुलिसलाई ६–० गोलले हरायो । अघिल्लो चरणमा एपिएफ र पुलिसले गोलरहित बराबरी खेलेका थिए।

माघ १६ गतेसम्म चल्ने दोस्रो चरणको लिगमा पाँच टोलीबिच प्रतिस्पर्धा भईरहेको छ । जसमा आर्मी र बागमतीसहित नेपाल पुलिस, नेपाल एपिएफ क्लब र वालिङ नगरपालिका रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *