काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने धरौटीमा रिहा भएकामा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि खुशी भएका छन् । आज (शुक्रबार) विहानै उनले सामाजिक सञ्जालमा पूर्व गृहमन्त्री समेत रहेका लामिछानेको तस्वीर पोस्ट गर्दै लेखेका छन्, ‘अदालतको विवेकपूर्ण निर्णय ।’
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा रहेका रवि कास्की जिल्ला अदालतको आदेशमा ६५ लाख धरौटी बुझाएर बिहीबार साँझ छुटेका हुन् । लामिछाने पोखराको हिरासतमा रहेका बेला डा. भट्टराई भेट्न समेत पुगेका थिए ।