विश्व

लस एन्जलसको आगो अझै नियन्त्रण बाहिर, अहिलेसम्म सात जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो निरन्तर बढ्दै गएको छ । जसका कारण अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ ।

लस एन्जलसका मेयर करेन बासले पश्चिमी पहाडहरूमा नयाँ आगो सुरु भएको र तीव्र हावाका कारण आगो छिटो फैलिन सक्ने बताएकी छिन् ।

उनले मानिसहरूलाई प्रशासनको आदेश पालना गरेर ठाउँ खाली गर्न अपील गरेकी छन् । लस एन्जलसको अग्नि नियन्त्रण विभागका प्रमुख क्रिस्टन क्राउलीले प्यालिसेड्स आगलागीमा थप दुई जनाको मृत्यु भएको बताएकी छिन् । उनले अहिलेसम्म आगलागीको घटनामा कति जनाको मृत्यु भयो भन्ने बारेमा स्पष्ट जानकारी नभएको बताएकी छन् ।

यसअघि इटनमा भएको आगलागीमा पाँच जनाको मृत्यु भएको जानकारी बाहिर आएको थियो ।

प्यालिसेड्सको आगो १९,००० एकडभन्दा बढीमा फैलिएको छ । यसका कारण १० हजार भन्दा बढी घर वा भवनहरू ध्वस्त भएका छन् ।

अग्नि विभाग प्रमुखले भेन्चुरा काउन्टीमा नयाँ आगलागी भएको बताए । यहाँ आगो ५० एकड क्षेत्रफलमा फैलिएको छ । यसलाई निभाउन ६० भन्दा बढी दमकल पठाइएको उनले बताए ।

भेन्चुरा काउन्टी बाहेक, केनेथमा पनि नयाँ आगलागी भएको छ, जुन ८०० एकड क्षेत्रफलमा फैलिएको बताइएको छ ।

लामो समयसम्म बर्षा नभएको र तिब्र गतिमा सुख्खा हावा चलेका कारण आगलागी बढिरहेको र नियन्त्रण लिन मुश्किल भएको विभिन्न रिपोर्टहरुमा उल्लेख गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *