काठमाडौं । समाजवादी मोर्चाको बैठक अहिले बसिरहेको छ। नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय आलोकनगरमा बैठक बसिरहेको हो ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द विप्लव, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवसहितका नेताहरु सहभागी छन्।
नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि पहिलोपटक मोर्चाको बैठक बसेको हो। यसअघि मोर्चामा आबद्ध चार दलको कार्यदल बैठक मंगलबार बसेको थियो ।
बैठकमा मोर्चाका आगामी कार्यक्रम र समसामयिक राजनीतिबारे छलफल हुने बताइएको छ।