देश

सरकारमा सहभागी मन्त्रीसहित कांग्रेस संसदीय दलको बैठक शुरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले सरकारमा रहेका मन्त्रीहरु सहित कांग्रेस संसदीय दलको बैठक शुरु गरेको छ ।

सभापति शेरबहादुर देउवाले पार्टीका तर्फ बाट सरकारमा सहभागी सबै मन्त्री सँग बुढानिलकण्ठ स्थित निवासमा छलफल गरिरहेका हुन् ।

छलफलमा संसदीय दलका नेता सँगै सांसदहरु पनि सहभागी छन् । मन्त्री भएपछि आफूले गरेको कामको प्रगति विवरण र सामना गर्नु परेका समस्याहरू बारे कांग्रेस नेतृत्वले जानकारी लिन लागेको हो ।

नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा कांग्रेस तर्फ बाट ८ जना मन्त्री छन् ।

मन्त्रीहरूको कामको विषयमा जनगुनासो बढेपछि देउवाले छलफलका निम्ति बोलाएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *