देश

प्रशासन कार्यालय मुस्ताङमा आगालागि हुँदा हवलदार घाइते

म्याग्दी । जिल्ला प्रशासन कार्यालय मुस्ताङको आवास गृहमा बिहीबार (आज) बिहान आगलागी हुँदा १ जना घाइते भएका छन् ।

जोमसोम स्थित प्रशासन कार्यालयको पुरानो भवनमा आगलागी हुँदा प्रमुख जिल्ला अधिकारीका सुरक्षागार्ड प्रहरी हवल्दार खेमप्रसाद तिवारी घाइते भएका हुन् ।

हात र औलामा आगोले पोलेर घाइते भएका तिवारीलाई उपचारका लागि पोखरा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले बताए । उनका अनुसार तिवारीको अवस्था खतरामुक्त छ । हवल्दार तिवारी सुत्ने कोठा र त्यहाँ रहेका सामग्री जलेर नष्ट भएका छन् ।

तिवारी आगलागी भएपछि झ्याल बाट हाम फालेर बाहिर निस्केका थिए । प्रहरी, कर्मचारी र स्थानीय वासीले आगलागीलाई नियन्त्रणमा लिएका थिए । विद्युत् चुहावटका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको सहायक सुवेदीले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *