काठमाडौं । संघीय सांसदका विपक्षी दलहरूले आज (बिहीबार) गर्ने भनिएको पत्रकार सम्मेलन सरको छ ।
बुधबार बसेको विपक्षी दलको संयुक्त बैठकले आज पत्रकार सम्मेलनको गर्ने निर्णय गरेको थियो । कार्यदलले मस्यौदालाई अन्तिम रूप दिन बाँकी रहेकाले सम्मेलन शुक्रबार दिउँसो ३ बजेका लागि सारिएको हो ।
विपक्षी दलको बुधबारको बैठकले वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका नेता बेदुराम भुसाल सम्मिलित २ सदस्यीय कार्यदल बनाएर विपक्षीहरूको साझा धारणाको मस्यौदा तयार गर्ने जिम्मेवारी दिएको छ ।
अध्यादेश बाट सरकार सञ्चालन गर्ने प्रवृत्ति देखिएको साझा निष्कर्ष निकाल्दै बिपक्षी ६ दलको बैठकले चाँडो भन्दा चाँडो नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने समझदारी बुधबार गरेका थिए ।