राजनीति

अलेक्स बेकरसँग कांग्रेस नेता कोइरालाले गरे भेटवार्ता

काठमाडौं । कांग्रेसका नेता डा.शेखर कोइरालाले बेलायती संसद्को नेपाल हेर्ने सर्वदलीय संसदीय समितिको अध्यक्ष अलेक्स बेकरसँग भेटवार्ता गरेका छन् ।

बेलायत भ्रमणमा रहेका नेता कोइरालाले लन्डनस्थित नेपाली राजदूतावासमा बेकरसँग विभिन्न राजनीतिक विषयमा छलफल गरेका छन् ।

भेटमा नेता कोइरालाले भूपू गोर्खा सैनिकहरूको सेवा सुविधा समस्याको समाधान हुनुपर्ने, ब्रिटिस एयरवेजको लण्डन–काठमाडौँ सिधा हवाई उडान हुनुपर्ने विषय उठाएका थिए ।

यस्तै नेता कोइरालाले जलवायु परिवर्तनका कारण नेपाल संकटमा रहेको र हिउँ पग्लेर हिमालहरू कुरूप बनिरहेको विषय पनि बेकरसँग राखेका थिए ।

जलवायु परिवर्तनका कारण नेपालले जुन क्षेत्री व्यहोरिरहेको छ त्यसका लागि नेपालले क्षेतिपुर्ती पाउनुपर्ने र त्यसका लागि बेलायतले सहयोग गरिदिनुपर्ने प्रस्ताव गरेका थिए ।

बेकरले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् । छलफलमा बेलायतका लागि कार्यवाहक राजदूत विपिन दुवाडी पनि सहभागी थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *