काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँग समन्वय र छलफल गरेर अध्यादेश ल्याएको बताएको छ ।
सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दलबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूसँगको छलफलमा गर्ने क्रममा महामन्त्री गगन कुमार थापाले सो कुरा बताएका हुन् ।
‘सरकारले ल्याएको अध्यादेश हामीसँग छलफल भएरै आएको हो । यसमा चर्चा परिचर्चा गर्न आवश्यक छैन‚’ महामन्त्री थापाको भनाइ उद्धृत गर्दै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले बताए ।