काठमाडौं । बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद भवन (हाउस अफ कमन्स) मा बेलायतका संसदिय मामिला तथा कानुन मन्त्री निक डकिनसँग भेटवार्ता भएको छ ।
भेटवार्तामा कोइराला र डकिनबिच नेपालको मानव अधिकारको अवस्था, संक्रमणकालीन न्याय जस्ता बिषयमा छलफल भएको डा.कोइरालाको स्वकीय सचिव दिनेश चन्द्र थपलियाले जानकारी दिए ।