काठमाडौं । सामाजिक अभियान्ता बताउने दुई /चार जना युटुबर लिएर अनौपचारिक शब्द र मानमर्दन हुने अभिव्यक्ति सामाजिक संजालमा सार्वजनिक गर्दै भाइरल प्रहरीमाथि अभ्रद व्यवहार गरेको आरोपमा स्वयम्भूबाट पक्राउ परेकी आशिका तामाङलाई थप पाँच दिनको म्याद थपेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
प्रहरी वृत्त गौशालाको हिरासतमा रहेकी तामाङमाथि थप पाँच दिनको म्याद लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए । प्रहरीमाथि गरिएको अभद्र व्यवहार सम्बन्धी कसुरमा तामाङमाथि अनुसन्धा थालिएको प्रहरीले जनाएको छ । प्रहरी प्रतिवेदनको आधारमा गौशाला प्रहरीले उनीमाथि अनुसन्धान जारी राखेको छ ।
आसिका तामाङलाई माघ २ मा प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकी तामाङलाई अनुसन्धान गर्न पशुपति क्षेत्र विकाश कोषले पनि प्रहरीलाई पत्र पठाएको छ । पशुपति क्षेत्र विकाश कोषका कर्मचारीको विषयमा तामाङले गौशालाका डीएसपी शुकदेव खनालसँग ‘विवाद’ अपच शब्द प्रयोग गर्दै प्रहरीको बेइज्जत गरेकी थिइन् ।
उनले प्रहरीसँग विवाद गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीको काममा अवरोध सिर्जना गरेको आरोपमा उनीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको हो । यदि तामाङले अनौपचारिक भाषा प्रयोग नगरेर औपचारिक भाषा प्रयोग गरी सम्बन्धित निकायसँग छलफलमा जुटेकी थिइन् भने उनी अहिले प्रहरी हिरासतमा बस्नुपर्ने थिएन् ।