काठमाडौं । संघीय संसद सचिवालयले होटलमा कार्यक्रम गर्ने गरेको भन्दै प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा प्रश्न उठाएको छ । सरकारी खर्च कम गर्न सरकारले नीति निर्माणमा ध्यान दिने बताए पनि त्यसको अवज्ञा गरेर संसद सचिवालयले नै स्टार होटलमा कार्यक्रम गरेर सरकारी खर्च जथाभावी बढाएको भन्दै नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले प्रश्न खडा गरेका हुन् ।
मंगलबार लेखा समितिको बैठकमा मैनालीले संसद सचिवालयको आयोजनामा बसेरामा मंलबार कार्यक्रम रहेको बताए । संसदले कार्यक्रम गर्दा स्टार होटल नै किन भन्दै उनले सरकारको ध्यानाकर्षण गराएको छ । उनका अनुसार संसद सचिवालयले संसद बाहेकका कार्यक्रम आयोजनाका क्रममा होटल बुकिङ गर्ने गरेकाे छ ।