काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरीविरुद्धको रिट खारेज गरेको छ । प्रधानन्यायाधीश संलग्न संवैधानिक इजलासले कैलाली क्षेत्र नं २ का सांसद अरुण चौधरीको योग्यता विवादसम्बन्धी रिट खारेज गरिदिएको हो । तर उनको पद भने जोगिएको छ । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले निर्णय सुनाउँदै रिट खारेज गरिदिएको हो।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको इजलासले सो फैसला सुनाएको हो । निर्वाचन अधिकृत वा सम्बन्धित अदालतमा जाने वैकल्पिक कानुनी उपचारको मार्ग हुँदाहुँदै सर्वोच्चमा यो विवाद ल्याएको भन्दै संवैधानिक इजलासले रिट खारेज गरिदिएको हो ।
उनले कुनै अपराध मुद्दामा दोषी ठहर भएको विवरण लुकाएर उम्मेदवार भएको भनि वसन्त जोशीले सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा उनको सांसद पद खारेजीको माग गरिएको थियो । उनी आगजानी मुद्दामा उच्च अदालतबाट दोषी ठहर भएका थिए ।