काठमाण्डाैं।नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट ब्यावसायी दुर्गा प्रसाई फरार भएका छन। चिकित्सा शिक्षा आयाेगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरीकाे उजुरीपछि जिल्ला अदालत भक्तपुरले प्रसाइलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएकाे थियाे । यसपछि उनीलाई खाेज्न प्रहरी उनकाे निवास पुगेकाे थियाे तर उनी भने माेवाइल स्वीच अफ गरेर फरार भएका छन। प्रहरीले प्रसाइकाे भक्तपुरमा रहेकाे निवासमा मात्र हाेइन झापामा पनि सर्च गर्याे तर उनलाई फेला पार्न सकेकाे छैन। उनी कहाँ गए ? भनेर अहिले प्रहरी खाेजिरहेकाे छ।
प्रसाइले गत मंगलवार पत्रकार सम्मेलन गरेर वी एण्ड सी अस्पताललाई सम्वन्धन दिन माग गर्दा २० कराेड रूपैया घुस मागेकाे बताएका थिए।उनकाे याे अभियाेगपछि यसलाई पुष्टि गर्न डा.गिरीले चुनाैती दिएका थिए।यहि आधारमा उनले आफूविरूद्ध गुण्डा परिचालन गरिएकाे र असुरक्षति भएकाे उजुरी जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दिएका थिए। यहि उजुरीलाई प्रहरीले कारवाही गर्न जिल्ला अदालतकाे सहारा लिएकाे थियाे।र,अदालतले प्रसाइलाई पक्राउकाे लागि अनुमति दिएकाे दियाे। तर,प्रसाई यतिवेला भने फरार छन। प्रसाइले पत्रकार सम्मेलनमा २० कराेड मागेकाे र वानेश्वरकाे द्धारिका हाेटलमा याे वार्गेनिङ भएकाे बताएका थिए।