भनेको कुरा पुग्दै आएको बताउँछन् । २०७९ फागुन २० मा मेडिकल व्यवसायी दुर्गा प्रसाईले काठमाडौंको बनेश्वरमा भनेका थिए– बैंक तथा वित्तीय संस्थाका कारण धेरै मानिस आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेको र धेरै विस्थापित भएका छन् । तर त्यसबेला उनले बोलेको कुरामा कसैले चासो राखेन । तर अहिले सबैजना प्रसाईले सही भनेका हुन् कि भनेर पत्याउने अवस्थामा पुगेका छन् ।
बैंक तथा वित्तीय संस्थाले करोड मूल्य पर्ने धितो राखेर लाख रुपैयाँ कर्जा दिने तर ऋणीले तीन किस्ता नतिर्नेबित्तिकै धितो लिलाम गर्न थालेपछि प्रसाईको भेलामा सयौं मानिस सहभागी भए । जनताले प्रसाईको साथ दिएपछि अधिकांश बैंक तथा वित्तीय संस्था तर्सिए । उनले त्यसबेला केही समयमै बजारमा व्यापक मन्दी आउने र अधिकांश घर, कोठा, सटर खाली हुने बताएका थिए । नभन्दै अहिले प्रसाईले भनेको कुरा मिल्दै गएको छ ।
बजारमा पूरै मन्दी छाएको छ । घर, कोठा र सटर खाली हुने क्रम बढेको छ । घरजग्गा, गाडी र सेयरको किनबेच ठप्प छ । मानिससँग पैसा छैन । जसले गर्दा व्यापार व्यवसायमा समेत नराम्रो प्रभाव परेको छ । व्यवसायीहरू दिनदहाडै आत्महत्या गरिरहे पनि सरकारले चासो राख्न छाडेको छ । न त बजारमा भएको मन्दीबारे नै अध्ययन गर्छ । अहिले व्यापार व्यवसायमा आएको मन्दीका कारण उद्योगी व्यवसायी चिन्तित छन् । व्यापार व्यवसाय डुबेको छ । अहिले पनि किन व्यवसायीले आत्महत्या गरे र किन जनता डुबे भनेर सरकारले अध्ययनमा चासो राखेको छैन ।
बजारमा आएको मन्दीका कारण जनता र व्यवसायीमा ठूलो प्रभाव पर्दासमेत सरकारले चासो नदिएको सर्वसाधारणको गुनासो छ । व्यवसायी दुर्गा प्रसाई, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायतले बैंकबाट अर्बौं कर्जा लिएर साँबाब्याजसमेत तिरेका छैनन् । त्यसको असर सेयर बजारमा देखिइसकेको छ । यसले बैंकमा बचत गर्नेभन्दा निकाल्नेको संख्या बढेको छ ।
राजनीतिक दलहरूलाई सत्ताकै चासो छ । मुलुकभर दर्तामा रहेकामध्ये अधिकांश सहकारी डुबेका छन् । कुनै बन्द गरेर सञ्चालक भागिसकेका छन् । बचतकर्ताको रकम फिर्ता हुने कुनै सम्भावना छैन । बैंकहरू मर्जमा जान काम जारी छ । भन्सार, मालपोत र यातायात कार्यालय सुनसान देखिन्छन् । यसरी मुलुकको अर्थतन्त्र ओरालो लाग्दासमेत राजनीतिक दलहरू एक अर्कोलाई आरोपप्रत्यारोप लगाउनमै व्यस्त छन् ।
ऋणकै कारण अधिकांश मानिस डिप्रेसनमा गएका छन् । अहिले महँगीका कारण जनतालाई बिहानबेलुकाको छाक टार्न धौधौ परेको छ । बाँच्न मुस्किल भएको छ । जनता यस्तो समस्याबाट गुजिँ्रदासमेत जनताबाट चुनिएर गएका जनप्रतिनिधिहरूले जनताको आवाज उठाउने संसद् बन्धक बनेको छ ।नेताहरूको स्वार्थका कारण संसद्ले राम्रोसँग काम गर्न सकेको छैन ।
काठमाडौंको महाबौद्ध, इन्द्रचोकलगायतमा ज्यालादारी गर्दै आएका मजदुरहरू काम नपाएर भोकै बसेको बताउँछन् । घर बनाउने मजदुरहरू बल्लबल्ल काम पाए पनि पारिश्रमिक नपाएको गुनासो गर्छन् । पहिलापहिला काम गर्ने मान्छे भेटिँदैन थियो । तर, अहिले घरघरमै काम खोज्न आउनेको ताँती लाग्न थालेको छ । केही वर्षअघिसम्म दिनको दुई हजार दिँदासमेत काम गर्न नमान्नेहरू आज हजार रुपैयाँमै गर्न तयार हुन्छन् । यस्तो हुँदासमेत राजनीतिक दलमा चेतना आउँदैन र सरकारले आँखा देख्दैन भने कहिले देख्छ ?