काठमाडौं । सहकारी ठगी प्रकरणका आरोपित पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा ५ करोड ८ लाख ६७ हजार ६३३ रुपैयाँ मागदाबीसहित मुद्दा दायर भएको छ । स्वर्णलक्ष्मी सहकारी ठगीमामाथि अनुसन्धान पुरा गरेर प्रहरीले प्रतिवेदन बुझाएपछि सोही प्रहरी अनुसन्धानका आधारमा आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले उनीविरुद्ध उक्त बिगोदाबीसहित मुद्दा दायर गरेको हो ।
यस्तै छविलाल जोशीविरुद्ध ५ करोड ७८ लाख ९६ हजार ४८० बिगो माग दाबी गरिएको छ । सो मुद्दामा रास्वपाका सभापति रवि लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ । सबै प्रतिवादीबाट असुल उपर गर्नेगरी कुल १ अर्ब १९ करोड ४९ लाख २१ हजार २९० बिगो दाबी गरिएको छ । आफु थुनामुक्त हुनकै लागि रास्वपा सभापति लामिछाने र पूर्व डिआइजी छविलाल जोशीले इन्कारी बयान दिएका छन् ।
काठमाडौँ स्थित कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहित जम्मा ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको हो । सहकारीको एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ अनियमितता गरेको आरोपमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक समिति सदस्य लामिछानेसहित छविलाल जोशी, स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता तामाङ, सदस्य हमेन्त अधिकारी, रविना रिमाल, पूर्वअध्यक्ष दिपक लामालगायतलाई प्रतिवादी बनाइएको छ ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्ररकणमा काठमाडौँ जिल्ला अदालतमा दायर मुद्दामा प्रतिवादीहरुबाट जाहेरवालाहरुलाई रकम दिलाइ दिन माग गरिएको छ । अदालतमा दायर मुद्दामा कुल ६९० जना पीडितलाई रकम दिलाइ दिन अभियोगपत्रमा माग गरेका छन् । ६९० जनाले कुल १ अर्ब १९ करोड ४९ लाख २१ जहार २७० पाउनु भएकाले सोहीअनुसार बिगो रकम कायम गरिएको अभियोगपत्रमा उल्लेख गरिएको छ ।
रवि लामिछानेको बयान :