राजनीति

सिंहदरबारमा माओवादी र नेकपा एसका शीर्ष नेताहरूबीच वार्ता जारी

काठमाडौं। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थीत माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव वर्षमान पुन, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, वरिष्ठ नेता बेदुराम भुसाल लगायतका नेताहरुबीच छलफल भएको हो।

भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने संकेत गरेर अभिव्यक्ति दिएलगत्तै एकीकृत समाजवादीका अध्यक्ष नेपाल प्रचण्ड भेट्न गएका हुन् । आज एमालेनिकट अनेरास्ववियुले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले समाजवादीको नाममा खुलेका दलहरुलाई चल्न नदिने अभिव्यक्ति दिएका थिए ।

सो क्रममा संयुक्त समाजवादी मोर्चा लगाएतका विषयमा छलफल भएको नेताहरुले जनाएका छन्। त्यस्तै पछिल्लो राजनीतिक घटनाक्रम लगाएतका विषयमा पनि छलफल भएको बुझिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *