। सूर्यदर्शन सहकारी ठगी प्रकरणका सात आरोपीमध्ये ३ जना धरौटी बुझाएर हिरासत मुक्त भएका छन् ।
आरोपी सञ्चालक समितिका पूर्वसदस्य कृष्ण गुरुङ, पूर्वउपाध्यक्ष मीना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङ धरौटी बुझाएर छुटेका हुन् ।
बिहीबार जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले कृष्णलाई १ लाख, मीना र आरतीलाई ५र५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
अदालतको आदेशलगत्तै धरौटी वापतको रकम जम्मा गरेर उनीहरु छुटेका हुन् । अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सभापति रवि लामिछानेलाई समेत ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । यस्तै पूर्व डिआइजी छविलाल जोशीलाई पनि ८८ लाखमा धरौटीमा छोड्न आदेश दिएको छ । अदालतले रवि भन्दा छविलाई बढी धरौटी तोकेको छ । रवि र छविको अन्य चार जिल्लामा भएको सहकारी ठगी प्रकरणमा थप अनुसन्धान बाँकी छ । त्यसैले रवि र छवि भने त्तत्काल रिहा हुँदैनन् ।