काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्ने बताएका छन् ।
शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले काठमाडौं उपत्यकामा मात्रै विद्युतीय सवारी साधनको प्रयोग बढाउनसके पनि जलवायु परिवर्तनका असर न्यूनीकरणमा ठूलो मद्दत हुने बताए ।
उनले जलवायु परिवर्तनले समग्र राष्ट्रमा नै ठूलो असर गरिरहेको बताए । उनले जलवायु परिवर्तनका कारण नेपालका हिमालमा हिउँहरू पग्लिरहेको र हिमाल नाङ्गो भएको बताए । उनले नेपालमा जलवायु परिवर्तनले निकै ठूलो समस्याका रुपमा आएको बताए । उनले नेपालमा सबैभन्दा बढी ध्यान जलवायु परिवर्तनमा दिनुपर्ने बताए ।
उनले डिजेल, पेट्रोलको प्रयोग घटाउनुपर्ने र विद्युतीय सवारीसाधनका लागि ठाउँठाउँमा चार्जिङ स्टेसन राख्नुपर्ने बताए ।
उनले भने ‘अहिले नेपालमा जो यो जलवायु परिवर्तनले समग्र राष्ट्रमा नै र समग्र विश्वमा नै समस्या पारेको छ । नेपालमा त धेरै ठूलो समस्या यसले पार्न सक्दछ । यसले समुन्द्री सतह बढेको छ । साथै हिमालहरूको हिउँ पग्लिएर हिमाल नाङ्गो भइरहेको छ । जसले गर्दा आज नेपालमा जलवायु परिवर्तनले निकै ठूलो समस्या भइरहेको छ ।
त्यसैले नेपालले सबैभन्दा बढी ध्यान दिनुपर्ने विषय क्लाइमेट चेन्जको सम्बन्धमा हो । अहिले जो ग्लोबल वार्मिङले गर्दा आज हिमालहरू पग्लिएका छन् । हिमालहरूमा पनि हिउँ नै छैन । त्यस्तो अवस्था भइसकेको छ । बिस्तारै बिस्तारै नेपालमा धेरै ठूलो समस्या आउन सक्दछ । त्यसैले अहिले यस सम्बन्धमा नेपालले चाहेर मात्रै त हुँदैन तर नेपालले धेरै गर्नसक्छ । जस्तो फसल फ्युलहरु, डिजेल, पेट्रोलको प्रयोग यति बढी छ की त्यसले हाम्रो धेरै कुरामा समस्या पारेको छ ।
विद्युतीय सवारीसाधनदेखि लिएर धेरै कुराहरूमा नेपालको यो क्लाइमेट चेन्जको असर छ । काठमाडौंमा त हामीले फसल फ्युललाई कम गर्नसक्यौँ । विद्युतीय सवारी अघि बढाउनसक्यौँ भनेपनि काठमाडौंबाट पनि धेरै ठूलो काम गर्न सकिन्छ । विद्युतीय सवारीसाधनका लागि ठाउँठाउँमा चार्जिङ स्टेसन राख्न सक्नुपर्छ । त्यसले पनि कम गर्छ । हामीले देशभर बढाउनुपर्छ । संसारभर नै जलवायु परिवर्तनको बारेमा अवेरनेस बढाउन आवश्यक छ । ६० प्रतिशत जंगल हामीले बचाउन सक्यो भने त्यसले पनि धेरै ठूलो मद्दत गर्दछ ।’
सभापति देउवाले जलवायु परिवर्तनका असर न्युनिकरणसम्बन्धी अभियान देशभर नै बढाउनुपर्ने बताए ।