काठमाडौं । कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ सात गतेका लागि आव्हान हुने भएको छ । कोशी प्रदेश सरकारको आइतबार बिहान बसेको बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन आगामी माघ ७ गते आह्वान गर्नका लागी प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो । लामो समयदेखि स्थगित भएको अधिवेशन बोलाउने विषयमा कोशी प्रदेश सरकारको राजनीति वृतमा सहमति भएसगैँ हिउँदे अधिवेशनको मिति तय भएको स्रोतले जनाएको छ ।
सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले मन्त्रिपरिषद् बैठकले दिउँसो २ बजे बस्ने गरी बैठक आह्वानका लागि सिफारिस गरिएको जानकारी दिए । कोशी प्रदेश सभा लामो समयदेखि बस्न सकेको थिएन ।