देश

रविलाई प्रहरीको जिम्मा लगाउने आदेश,पुनः भोली थुनछेक बहसमा उपस्थित गराइने

काठमाडौं । काठमाडौं स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा बयान दिन जिल्ला अदालत काठमाडौं पुगेका पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ६५ लाख धरौटी बुझाएर रिहा भएका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश भएको छ । आइतबार बयान दिन अदालतमा हाजिर भएका लामिछानेविरुद्ध थुनछेक बहस नसकिएकाले जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेको हो । लामिछानेसँग न्यायाधीसले दिनभर बयान लिएका थिए ।

लामिछानेको बयान सकेर अदालतमा बहसका लागि वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठ पुगेपछि सरकारी पक्षले आफूहरूले लामिछानेको बयान भोलीमात्र गर्न सकिने बताएकाले अदालतले यस्तो आदेश दिएको हो । आइतबार थुनछेक बहस नभएका कारण लामिछानेलाई जिल्ला प्रहरी परिसरको हिरासतमा पठाउन तयारी भएको स्रोतले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *