काठमाडौं । प्रतिपक्षी दलहरूले संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेका छन् । बुधबार नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलहरूको बैठकले संयुक्त वक्तव्य निकालेर दबाब दिने निर्णय गरेको हो । नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन मागको तयारी समेत गरेको विपक्ष दलका नेताहरुले बताएका छन् । सो बैठकले सदन छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्ष निकालेको छ ।
बैठकमा एकीकृत समाजवादीका माधव कुमार नेपाल र बेदुराम भुसाल, रास्वपाका डीपी अर्याल, राप्रपाका बुद्धिमान तामाङ, आजपाका प्रभु साह तथा नेसपाका महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ ,माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेत सहभागी थिए । यस्तै विपक्षी दलहरूले सरकारको काम कारबाहीको सम्बन्धमा साझा धारणा बनाउन दुई सदस्य कार्यदल गठन समेत गरेको छ ।
सरकारले केही समयपछि अधिवेशन बोलाउने तयारी गरिहेको छ । तर विपक्ष दलहरुलाई सरकारले अधिवेशन नबोलाउने भयो भन्दै आक्रोस पोख्दै आएका छन् । अहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सबै विपक्ष दलहरुसँग छलफल गरि सरकारमा जाने तयारी गरिरहेका छन् । तर सो विषय त्तत्कालका लागि संम्भव भने देखिँदैन् ।