काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै मन्त्रीहरुलाई छलफलका लागि सभापति निवास बुढानीलकण्ठमा बोलाएका छन् । सभापति देउवाले सरकारका काम कारबाही, अध्यादेश लगायतका विषयमा असन्तुष्टि बढिरहेका बेला बिहीबार बिहान छलफलका लागि मन्त्रीहरुलाई बुढानीलकण्ठमा बोलाएको सभापति देउवाको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार देउवाले कांग्रेसतर्फका मन्त्रीहरूलाई बिहीबार बिहान ८ बजे बूढानीलकण्ठस्थित आफ्नो निवासमा उपस्थित हुन आग्रह गरेका हुन् । सरकारमा काङ्ग्रेसबाट १० र २ राज्यमन्त्रीसहित १२ जना छन् ।
सरकारका काम कारबाहीका विषयमा सत्ता प्रतिपक्षले असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्रीले संसद छलेर अध्यादेश ल्याएको भन्दै सो विषयमा सत्ता प्रतिपक्षहरुले विमती जनाउदै आएका छन् ।