राजनीति

कांग्रेसले आज पार्टीका मन्त्रीहरूको किन गर्दै छ कामको समीक्षा ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी सबैलाई बुधबार बिहान छलफलका लागि बोलाएका छन्।

उनले कांग्रेसतर्फका मन्त्रीहरूलाई बिहान ८ बजे बूढानीलकण्ठस्थित आफ्नै निवासमा छलफलका लागि बोलाएका हुन्।

पार्टीतर्फका मन्त्रीले ६ महिनामा गरेको कामको प्रगति विवरण र समस्याबारे ब्रिफिङ गर्न देउवाले उनीहरूलाई बोलाएको उनका स्वकीय सचिव भानु देउवाले बताए।

उनीहरूको कामका विषयमा गुनासो बढेपछि देउवाले छलफलका लागि बोलाएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *