काठमाडौं । कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले देशभरीका किसानहरुलाई रासायनिक मल उपलब्ध गराउन सरकारले विनियोाजित रकमको मात्र बढाउनुपर्ने बताएका छन् । बिहीबार सभापति शेरबहादुर देउवा निवासमा शीर्ष तहका नेताहरुसहित कांग्रेसका मन्त्रीहरुको छलफलमा मन्त्री अधिकारीले किसानहरुलाई प्रयाप्त रासायनिक मलको मात्र पु¥याउन ६० अर्ब रुपैयाँ आवश्यक पर्ने बताए । मन्त्री अधिकारीका अनुसार किसानहरुलाई रासायनिक मल उपलब्ध गराउनका लागि २७ अर्बमात्र विनियोजन भएको छ ।
सरकारका बारेमा बाहिर आलोचना भइरहेको बेला सभापति देउवाले सबै मन्त्रिहरुलाई बैठकमा बोलाएर ६ महिने कार्यअवधि मुल्याङकणबारे छलफल गरेका छन् । मन्त्री अधिकारीले सभापति देउवालाई आफूले मन्त्रिको जिम्मेवारी सम्हालेको समयदेखि हालसम्म गरेका कार्यको विवरणका बारेमा चर्चा गर्दै नेपालको कृषि क्षेत्रमा सुधारका काम भइरहेको र किसानहरुलाई रासायनिक मल उपलब्ध गराउन सरकारले आवश्यक रकम विनियोजन गर्न आवश्यक रहेको बताए । उनले सभापति देउवालाई कृषि क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकारले विनियोजित रकमको मात्रालाई वृद्धि गर्नुपर्ने बताए ।
कृषि मन्त्री अधिकारीका अनुसार किसानलाई ११ लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने बताइरहदाँ मन्त्रालयसँग सो रकम बराबरको रासायनिक मल आयातका लागि रकमको अभाव छ । विनियोजित रकमले साढे पाँच लाख मेट्रिक टन आयात गर्न सकिने अवस्था छ । ‘सरकारले रकम विनियोजन गर्दा २७ अर्ब ९५ करोड मात्रै छुट्याएको छ । सो रकमले किसानलाई चाहिने आवश्यक रासायनिक मल उपलब्ध गराउन नसकिने र आवश्यक मलनको पहँच जनतासामु पु¥याउन ६० अर्ब आवश्यक पर्छ ।
मन्त्री अधिकारीले दूध विक्री वापत बक्यौता रहेको किसानको रकम उपलब्ध गराएको विषयलाई प्रमुखताका साथ उठाएका थिए । ‘मन्त्रालय सम्हाल्दा एक वर्षको रकम दूध किसानलाई पैसा तिर्नु थियो । अहिले चार महिनामा झरेको छ,’ मन्त्री अधिकारीले पार्टी बैठकमा राखेको विषय अनलाइनखबरसँग भने, ‘दुई अर्ब रुपैयाँ किसानलाई तिर्नुपर्ने थियो । एक अर्ब ५३ करोड रुपैयाँ भुक्तानी गर्यौं । बाँकीको लागि व्यवस्थापन मिलाउँदै छौं ।’
उखु किसानलाई रकम उपलब्ध गराएको कार्यलाई आफ्नो ६ महिने उपलब्धीका साथ बैठकमा मन्त्री अधिकारीले राखे । ‘मह किसानले उत्पादन गरेको महलाई बिक्री गर्ने वातावरण सिर्जना गरेको समेत उनले बताए ।
सरकारबाट मन्त्री भएकाहरुको प्रभावकारिता र पार्टीको सुझावका लागि सभापति देउवाले शीर्ष नेतासहितको बैठक बोलाएका थिए । सरकारमा कांग्रेसको तर्फबाट बैठकमा शीर्ष नेता, १० मन्त्री, दुई राज्यमन्त्री सहभागी छन् ।