देश

सर्वोच्चले भन्याे – बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्नु

काठमाडौं । सर्वोच्च अदालतले नक्कली शरणार्थी प्रकरणमा जोडिएका बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । झाले आफू गैरकानुनी रुपमा थुनामा परेको उल्लेख गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए । बिहीबार न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले झालाई थुनामा पठाउनुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको हो । सोही प्रकरणमा पक्राउमा परेका झा अहिले. केन्द्रीय कारागारमा थुनामा छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा झाको उच्च राजनीतिक नेतृत्व र गृह मन्त्रालयबिच समन्वयको काम गरेको आरोप छ ।  गत असार १५ गते पक्राउ परेका झालाई भदौ २ गते जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *