काठमाडौं । जिल्ला अदालत, काठमाडौं परिसरमा दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका व्यक्तिविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दुई कसुरमा किटानी उजुरी दिएका छन् । बिहीबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी सो घटनामा संलग्नमाथि ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव सम्बन्धी कसुरको जाहेरी दिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार त्रिपाठीले प्रहरीमा दिएको ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव सम्बन्धी कसुरको जाहेरी प्रहरीमा दर्ता भएको छ ।
बुधबार कालिमाटीको स्वर्णलक्ष्मी सहकारी अनियमितता प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सकेर बाहिर निस्किने क्रममा त्रिपाठीमाथि रास्वपाका कार्यकर्ताहरुले दुर्व्र्यवहार गरेका थिए । अधिवक्ता त्रिपाठीलाई मार्ने योजना बनाइएको थियो तर प्रहरीको सुरक्षाबाट उनी सकुसल रहे । उनले सो गतिविधिविरुद्ध आफूमाथि मार्ने योजनाका साथ दुव्यवहार भएको , आफू प्रहरी र केही मानिसको संरक्षणमा बाच्न सफल भएको एक टेलिभिजनमा अन्र्तवार्तामा भनेका छन् । सो गतिविधि भएलगत्रै प्रहरीले उनलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको थियो । पक्राउ पर्नेमा ललित केसी रहेका छन् । अहिले उनी प्रहरी हिरासतमा रहेका छन् । त्रिपाठीले दिएको जाहेरीका आधारमा पक्राउ परेका केसीलाई सात दिन हिरासतमा राखेर अदालतले अनुमति दिएको प्रहरीले जनाएको छ ।
त्रिपाठीका अनुसार, अदालतबाट निस्किएपछि बहसबारे युट्युबरहरुले सोधेपछि उनी केही बोल्न खोजेका थिए । त्यसक्रममा ‘थुनाएर पैसा फिर्ता हुन्छ ?’ भन्दै एउटा हुलले आएर दुव्र्यवहार गरेको थियो । मैले बोल्दै गर्दा उनीहरुले घेरेर लछारपछार गर्न थाले, भुइँमा लडाइ दिए’, उनले अनलाइनखबरसँग भने, ‘मलाई पनि एक दुई घुस्सा लाग्यो । तर, बढी चोट मलाई बचाउन खोज्नेलाई लाग्यो ।’ सो सहकारी गठी प्रकरणका आरोपित लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा छोड्न आदेश दिएपछि माघ २ गते प्रभु बैङकको धरौटी ग्याँरेन्टीमा ६० लाख रुपैयाँ धरौटीमा बुझाएर रिहा भएका छन् । लामिछानेमाथि अब अर्को सहकारी ठगी प्रकरणमा अनुसन्धान हुनेछ । लामिछानेमाथि अझै तीन जिल्लामा सहकारीको रकम अनियमिताको रकम अपचलन गरेको आरोपमा अनुसन्धान हुनेछ ।
त्रिपाठीले धरै मुद्धाहरुमा निष्पक्ष बहस गर्दै आएका थिए । उनले गरेको बहसमा धेरै अपराधमा मुछिएकाहरुलाई थुनामा पठाउने अदालतले आदेश दिँदै आएको थियो। पीडितको न्याय र देशमा सुशासनका लागि लड्ने कानुन व्यवासायीमाथि अदालत परिसरमैँ र्दुव्यवहार भएकोप्रति रास्वापाका नेता तथा कार्यकर्ताको कार्यशैलीप्रति नकरात्मक आलोचना भएको छ भने न्याय सम्पादन गर्ने अधिकारीहरुको जिऊ ज्यानको सुरक्षाका विषयमा समेत प्रश्न खडा भएको छ । सो विषयमा नेपाली कांग्रेस र एमाले नै गैरकानुनी कार्य गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताइसकेका छन् ।
यस्तै सर्वोच्च अदालत बार एशोसियसनले समेत बिहीबार एक विज्ञप्ती जारी गरी कानुन व्यावसायी त्रिपाठीमाथि भएको दुव्र्यवहारप्रति आपति जनाउँदै सो घटनाका दोषिलाई हदैसम्मको कारबाही गर्न सरकारसमक्ष माग गरेको छ ।