काठमाडौं । को सत्रौँवार्षिक साधारणसभा आज (२०८१ पुस २८गते) सम्पन्नभएको छ । राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग, काठमाडौमा सम्पन्न भएको साधारण सभाले आर्थिक वर्ष २०८०.८१ को मुनाफा रकम मध्येबाट प्रति शेयर ३० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
साधारणसभामा करिब ९१.६२ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित २०८१असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतिले पारित गरेको हो ।
यसैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथाकम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिमआ.व. २०८१/८२ को लागिकम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेन्ट नरेन्द्र भट्टराई र प्रकाशजंग थापालाई लेखा परीक्षक नियुक्त गर्नुका साथैपारिश्रमिक समेत तोकेको छ ।
सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले साधारणसभामा उपस्थित शेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको सत्रौँवार्षिक प्रतिवेदन पेश गरेकी थिइन्
। प्रतिवेदन प्रस्तुतगर्दै उनलले यस क्षेत्रमा रहेको तीव्र प्रतिस्प्रर्धीमा वातावरणमा मुनाफाभन्दा बढी सेवाभावलाई उच्च प्राथमिकतामा राखी भौगोलिक रुपले अति विकट तथा दुर्गम क्षेत्रमा सेवा विस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने नेपाल सरकारको अवधारणामा सहयोग गर्ने, विद्युतीय सुशासनको क्षेत्रमा सदा झैं थप सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाईबरको माध्यमबाट सूचना महामार्ग निर्माण गरी डिजिटल डिभाइड कम गर्ने तर्फ कम्पनीले आफ्ना कार्यक्रमहरुलाई परिलक्षित गरिरहेको बताए ।
समीक्षा अवधिमा कम्पनीको २ करोड ३० लाखभन्दा बढी सन्तुुष्ट ग्राहक पुगेको उल्लेख गर्दै अध्यक्ष अर्यालले भने
आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताकाबीच कम्पनीले कुल रु ४२ अर्ब ११ करोड आम्दानी गरी रु ६अर्ब २३ करोड मुनाफाआर्जन गर्न सफल भएको छ । समीक्षाअवधिमाकम्पनीले कर तथाशुल्कवापतआफ्नो कूलआयमध्ये ४१ अर्ब ५९ करोड राजस्वको रुपमा नेपाल सरकारलाई बुझाइ राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याएको छ ।’
देशको विषम भौगोलिक अवस्था र सापेक्षित रुपमा अन्य पूर्वाधारहरुको पहुँच विस्तार हुन नसकेको अवस्थामा कम्पनीले सेवाभावबाट प्रेरित भई सूचना प्रविधिलाई थप गुणस्तरीय तथा प्रभावकारी बनाउन फोरजी÷एलटीई प्रविधिमा आधारित सेवाविस्तारलाई सफलतापूर्वक सम्पन्न गरी स्तरोन्नति तथा वितरणलाई निरन्तरता दिंदै आएको उनले बताए । यी सबैको परिणामस्वरुप समीक्षा अवधिको अन्त्यसम्ममा सातै प्रदेशका ७७ जिल्लाका कुल ७४३ स्थानीयतहमा अत्याधुनिक दूरसञ्चार फोरजी÷एलटीई सेवाको पहुँचविस्तार भई ७७ वटै जिल्लामा उच्च गतिको सेवासमेत विस्तार भएको बताए । अति विकट र दुर्गममा रहेका बाँकी स्थानीयतहहरूमा उपयुक्तप्रविधिको उपयोग गरी सेवाबिस्तार गर्ने कार्यलाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ ।