थाइल्याण्डले २०२४ मा ३ करोड ५५ लाख ४० हजारभन्दा बढी विदेशी पर्यटकहरू भित्र्याएको छ । जुन एक वर्ष अघिको तुलनामा २६.२७ प्रतिशतले वृद्धि हो ।
थाई पर्यटन तथा खेलकुद मन्त्रालयकाअनुसार ६७ लाख ३० हजार आगमनका साथ, चिनियाँ पर्यटकहरूले गत वर्ष दक्षिणपूर्वी थाइल्याण्डको लागि सबैभन्दा ठूलो स्रोत बजार बनाएका थिए । त्यसपछि मलेसियाबाट ४९ लाख ५० हजार र भारतबाट २१ लाख २० हजार आएका थिए । २०२४ मा थाइल्याण्डले अन्तर्राष्ट्रिय पर्यटकहरूबाट लगभग १.६७ ट्रिलियन भाट (लगभग ४८.४५ अर्ब अमेरिकी डलर) राजश्व उत्पन्न गरेको छ ।
जुन अघिल्लो वर्षको तुलनामा ३४ प्रतिशतले वृद्धि हो । हाल ९३ देश र क्षेत्रका पर्यटकहरूलाई भिसा बिना ६० दिनसम्म थाइल्याण्डमा बस्न अनुमति छ । थाइल्याण्डको पर्यटन प्राधिकरणकाअनुसार राज्यले यस वर्ष ३ करोड ९० लाख अन्तर्राष्ट्रिय पर्यटकहरूलाई आकर्षित गर्ने लक्ष्य राखेको छ । जसमा २.२३ ट्रिलियन भाट (लगभग ६४.७१ बिलियन डलर) पर्यटन प्राप्ति हुने अनुमान गरिएको छ ।
महामारी अघि २०१९ मा थाइल्याण्डले रेकर्ड ३ करोड ९९ लाख विदेशी आगमनलाई स्वागत गरेको थियो । जसले १.९१ ट्रिलियन भाट (लगभग ५५.४२ बिलियन डलर) राजश्व कमाएको थियो । राष्ट्रको आर्थिक वृद्धिको प्रमुख चालक पर्यटनले २०२४ को दोस्रो त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादनको १४.१६ प्रतिशत र रोजगारीको ११.३३ प्रतिशत हिस्सा ओगटेको थियो ।