विश्व

युद्धविरामको सर्तहरुमा सहमतिनजिक पुगे इजरायल र हमास

इजरायल र हमास युद्धविरामका सम्झौताका सर्तहरूमा सहमतिनजिक पुगेका छन्। सम्भवत मंगलबार सम्झौताहरुमा हस्ताक्षर हुनसक्ने अरब र इजरायली अधिकारीहरूले बताएका छन्। यसले गाजामा जारी द्वन्द्वलाई कम्तीमा केही समय रोक्न र त्यहाँ राखिएका केही बन्धकहरूको रिहाइको आशा जगाएको छ।

वार्तालाई सहभागीहरुले अन्तिम रुप दिन लागेका छन्। वार्तामा स्टीभ विटकफ, अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका विशेष दूत, साथै अमेरिका, इजरायल र अरब देशका अधिकारीहरूले कतारको दोहामा भेटघाट गर्दै सम्झौताको तयारी गरेका हुन्।

सम्बन्धित पक्षहरू सम्झौताका ठूला बुँदाहरूमा सहमत भएका छन्, तर केही भाषामा अझै काम भइरहेको जनाइएको छ। अरब र इजरायली अधिकारीहरूका अनुसार अघिल्ला वार्ताहरूमा जस्तै यो पटक पनि सम्झौता अन्तिम क्षणमा असफल हुन सक्ने चेतावनी दुवै पक्षले दिएका छन्।

कुनै पनि सम्झौतामा इजरायलको सुरक्षा क्याबिनेट र पूर्ण सरकारको अनुमोदन आवश्यक हुनेछ। तर, वार्तामा रहेका अधिकारीहरले वार्तामा भएको प्रगतिलाई महत्त्वपूर्ण भनेका छन् र यो वार्ताले २०२३ को अन्त्यतिर भएको अन्तिम युद्धविरामपछि सबैभन्दा लामो समयसम्म जान सक्ने युद्धविरामको सम्भावनालाई नजिक तुल्याएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *