काठमाडौं । सङ्घीय संसद अन्तर्गत आज (बिहीबार) ४ वटा समितिको बैठक बस्दै छ ।
संघीय संसद सचिवालयका अनुसार बिहान ११ बजे बस्ने अर्थ समितिको बैठक बस्दैछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा विज्ञ सँग छलफल गर्ने कार्यसूची रहेको छ ।
बिहान साढे ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठक बस्दै छ । बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) को समीक्षा र नेपालको आगामी कार्यदिशाका बारेमा छलफल गर्ने कार्यक्रम छ ।
यस्तै, बिहान साढे ११ बजे नै शुरु हुने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल गर्ने तयारी छ ।
यसैगरी, दिउँसो १ बजे शुरु हुने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।