देश

सर्वोच्चका उपरजिष्ट्रारले दायर गरे पत्रकारमाथि मानहानीको मुद्धा

काठमाडौं । सर्वोच्च अदालतकै उपरजिष्ट्रारले सिधा कुरा डटकमका पत्रकारलाई अदालतको अवहेलनालगायतका फौजदारी कसूरमा अनुसन्धान गर्न प्रतिवेदन पेश गर्दै इजलासबाट आदेश माग गरेका छन् ।

आइतबार सर्वोच्चका उपरजिष्ट्रार गोविन्द घिमिरेमार्फत दायर रिटमा सिधा कुरा डटकममा युवराज कँडेल, नविन ढुंगानासहितविरुद्ध मानहानीको कसूरमा कारबाही माग गरिएको छ ।

सिधा कुरा डटकमले अदालतको फैसलासँग सम्बन्धित अडिओ सार्वजनिक गरि मिडियाका सन्चालक र न्यायाधीश तथा वकिलहरु त्यसमा संलग्न रहेको दाबी गरेको थियो ।

उक्त मुद्दाको पेशी सोमवारका लागि तोकिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *